
काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता निष्कर्षविहीन टुंगिएको छ ।
आज बिहान सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षामन्त्री रघुजी पन्तको उपस्थितिमा बसेको बैठक निष्कर्षविहीन टुंगिएका हो ।
छलफल र सम्वादलाई निरन्तरता दिने निर्णय भएको नेपाल शिक्षक महासंघले जनाएको छ ।
महासंघका अनुसार अब अर्को बैठक कहिले बस्ने टुंगो भएको छैन । वार्तामा शिक्षक महासंघले आफना मागहरु राख्दै आफनो अडानबाट पछि नहटने बताएपछि वार्तामा ठोस सहमति हुन नसकेको हो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend