शुक्रबार, जेष्ठ ९ २०८२

शुक्रबार, जेष्ठ ९ २०८२

सुदीप न्यौपानेको हत्याको बिरोधमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन

सुदीप न्यौपानेको हत्याको बिरोधमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन

काठमाडौं । भारत कश्मीरको पाहलगममा भएको आतङ्ककारी हमलामा नेपाली युवा सुदीप न्यौपानेको हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ ।

शनिबार नेपाल नागरिक अभियानले काठमाडौंस्थित पाकिस्तानी दुतावासको अगाडि प्रदर्शन गरेको हो । आतङकबादी हमलामा परेर बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपानेले ज्यान गुमाएका थिए ।

सो घटनाको विरोधमा नआतङ्कवादविरुद्ध ऐक्यवद्धता जनाउँदै पाकिस्तानी दुतावास अघि प्रदर्शन भएको छ ।

उनीहरुले हिन्दुको हत्या बन्द गर, पाकिस्तानी सेना मुर्दावाद, आतंकवाद मुर्दातावाद, आतंककारीलाई कारबाही गर, मानवताको रक्षा गर लगायतका प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend