logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    फेरि विवादमा कंगना 

    फेरि विवादमा कंगना 

    3K
    Shares

    भारतीय अभिनेत्री कंगना रनावत फेरि विवादमा तानिएकी छन् । भारतीय गीतकार जावेद अख्तरको मानहानी गरेको भन्दै कंगनालाई मुम्बईको एक अदालतले जमानती वारेन्ट जारी गरेको छ ।

    कंगनालाई अदालतले बारम्बार सम्पर्कमा आउन अनुरोध गरेको थियो । तर उनी सम्र्पकमा आउन नमाने पछि अदालती निर्णयलाई बेवास्ता गरेको भन्दै उनी विरुद्ध वारेन्ट जारी गरिएको छ । अहिले अदालतले उनलाई प्रहरी सम्पर्कमा आउन २२ मार्चसम्मको समय तय गरेको छ । अदालतले दिएको समयसिमामा कंगना प्रहरी सामु उपस्थित भएमा अदालती निर्णय  बदर हुने बताएको छ । 

    अख्तरका अनुसार अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि कंगनाले उनको नाम बलिउड गुटबन्दिमा जोडेकी हुन। गलत प्रचारका कारण आफ्नो मान, प्रतिष्ठामा आँच आएको भन्दै जावेद अख्तरले कंगना विरुद्ध रिट निवेदन दिएका थिए । यो मुद्दाको सुनुवाइ २६ मार्चमा गरिने भारतिय सञ्चार माध्यमले जनाएको छ। एजेन्सी 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend