सोमबार, असार ९ २०८२

सोमबार, असार ९ २०८२

मनिष झा भन्छन्, ‘रवि लमिछानेमाथि राज्यले प्रतिशोध साँधेको प्रधानमन्त्रीले स्वीकार गरिसके’

मनिष झा भन्छन्, ‘रवि लमिछानेमाथि राज्यले प्रतिशोध साँधेको प्रधानमन्त्रीले स्वीकार गरिसके’

काठमाडौं । रााष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रमाथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद झाले मिश्रको व्यवहार र विचारप्रति सहमति नभएपनि राज्यले उनीमाथि गरिराखेको व्यवहारप्रति विमति रहेको बताए । उनले पार्टीका सभापति रवि लमिछानेमाथि राज्यले प्रतिशोध साँधेको प्रधानमन्त्रीले नै स्वीकार गरेको टिप्पणी समेत गरे । उनले ‘नयाँ दलबाट आएका केहीलाई ठिक पार्नु थियो एक झापो लगाएर हिरासतमा पुर्याएँ’ भनेर प्रधानमन्त्रीले स्वीकार गरिसकेको भन्दै आइन्दा कोही पनि विवाद गर्न नआउन उनको आग्रह छ ।

उनले भने, ‘रविन्द्र मिश्रज्युको व्यवहार र विचारप्रति मेरो सहमति नहोला । तर, उहाँमाथि राज्यले गरिराखेको दुर्व्यवहारप्रति मेरो घोर विमति छ । त्यो व्यवहारमा सरकार सच्चियोस् । म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । यही १४ गते काठमाडौंमा सम्माननीय प्रधानमन्त्रीज्युले एउटा स्टेटमेन्ट दिनुभयो– नयाँ दलबाट आएका केहीलाई ठिक पार्नु थियो, एक झापो लगाए हिरासतमा पु-याएँ । उहाँलाई धन्यवाद छ, स्वीकार्नुभयो कि राजनीतिक प्रतिशोध नै रहेछ । आग्रह गर्न चाहन्छु आइन्दा यो विषयमा विवाद गर्न नआउनु होला । ’

आफूलाई सुशासनको हवाला दिने सरकारले १० महिनासम्म सम्पत्ति विवरण किन नबुझाएको ? भन्दै उनले प्रश्न गरे ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

ताजा अपडेट