Logo मंगलवार, बैशाख ७ गते २०७८
मंगलवार, बैशाख ७ गते २०७८
images
  • मनोरञ्जन
  • देवगनको कार रोकेर किसानबारे प्रश्न गर्दा...

देवगनको कार रोकेर किसानबारे प्रश्न गर्दा प्रहरीद्वारा पक्राउ

देवगनको कार रोकेर किसानबारे प्रश्न गर्दा प्रहरीद्वारा पक्राउ

images
images
  • सुनाैलाे नेपाल
  • फाल्गुण १९, २०७७ बुधवार १०:३८ बजे
  • 1.9K
    SHARES
  • देवगनको कार रोकेर किसानबारे प्रश्न गर्दा प्रहरीद्वारा पक्राउ

    मुम्बईमा अभिनेता अजय देवगनको कार रोकेर  किसान आन्दोलनबारे प्रश्न सोध्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । ती व्यक्तिले अजय देवगनले कृषि कानूनको विरोध गरिरहेका किसानको समर्थनमा किन केही नगरेको भन्ने बारे देवगनलाइ प्रश्न गरेका थिए । पक्राउ पर्ने व्यक्ति २८ वर्षका ड्रायभर राजदीप सिंह भएको टाइम्स नाउले जानकारी दिएको छ । 

    उनले गोरेगाँवमा फिल्म सिटी बाहिर अजय देवगनको कारलाई रोकि उनले आन्दोलनकारी किसानको समर्थनमा किन बोलिरहनुभएका छैन भनेर जान्न चाहेका थिए ।’प्रहरिका अनुसार अजय देवगनका अंगरक्षक प्रतीप इन्द्रसेन गौतमले प्रहरीमा ऊजुरी दिएपछि सिंहलाई पक्राउ गरिएको हो ।

    दिंदोसी थानाका वरिष्ठ इन्स्पेक्टर धर्मेन्द्र कांबलेले टाइम्स नाउसँगको कुराकानीमा सिंहलाई गलत तरिकाले रोकेको, शान्ति भंग गरेको, जानी जानी अपमान गरेको र आपराधिक धम्कीको आरोप लगाइएको छ । यस बारे थप अनुसन्धान भइरहेको प्रहरिले बताएको छ । एजेन्सी

     

    images
    images
  • सम्बन्धित विषय:

  • # अजय देवगन

  • सुनाैलाे नेपाल
  • images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images