logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • सधैँका लागि अस्ताए रेग्गे म्युजिक आइकन बनी वेलर

    सधैँका लागि अस्ताए रेग्गे म्युजिक आइकन बनी वेलर

    4.2K
    Shares

    रेग्गे म्युजिक आइकन बनी वेलरको मृत्यु भएको छ। उनको मंगलबार ७३ वर्षको उमेरमा जमैकाको कंगस्टनको मेडिकल एसोसिएट्स अस्पतालमा मृत्यु भएको हो । उनको स्ट्रोकको कारण मृत्यु भएको उनका म्यानेजर मैक्सिन स्टोले बताएको हो ।

    जमैकामा जन्मेका बनीले सन् १९६३ मा ‘ वेलरस ट्रियो’ नामक रेगे ब्यान्ड गठन गरेका थिए । बब मार्ले, पीटर टोश उनको समुहका अरु सदस्य हुन् । बनिले ‘ वेलरस ट्रियो’ गठन गरे सँगै  ‘सिमर डाउन’, र ‘रुड ब्वाई’ जस्ता हिट गीतहरू दिएका थिए । उनीहरूले जमैकाको रेग्गे संगीतलाई संसारभर फैलाउन सफल  छन्। वेलर यस समूहको अन्तिम एक मात्र  जीवित सदस्य थिए । मार्लेको सन् १९८१ मा क्यान्सरका कारण मृत्यु भएको थियो भने अर्का आइकन पीटरको  सन् १९८७ मा आफनै घरमा  गोली हानी हत्या भएको थियो । 

    यस समूहले सन् १९७३ मा पहिलो एल्बम ‘द वेलिङ वेल्रस’ निकालेका थिए । जस्मा समेटिएका गीतहरू ‘कन्क्रीट जंगल’ र ‘स्ले ड्राइभर’ ले विलबोर्ड रेकङ ब्रेक गरेको थियो । बनीले  बेस्ट रेगे एल्बम अन्तर्गत तीन ग्रामी अवार्ड जितेका थिए भने जमैका सरकार बाट सन् २०१७  मा ‘ अर्डर अफ मेरिट’ अवार्ड बाट सम्मानित  भएका थिए। एजेन्सी

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend