logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • बहराइन राजपरिवारका सदस्यसहित १६ जनाले सगरमाथा आरोहण गर्ने 

    बहराइन राजपरिवारका सदस्यसहित १६ जनाले सगरमाथा आरोहण गर्ने 

    2.8K
    Shares

    काठमाडौं । बहराइनको राजपरिवारका एक सदस्यसहित १६ जनाले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् ।

    बहराइनस्थित नेपाली दुतावासले विज्ञप्तीमार्फत दिएको जानकारी अनुसार सो टोली चैत २ गते सगरमाथा आरोहणका लागि नेपाल आउने छ । नेपाली राजदूत पदम सुन्दासलाई सो आरोहण दलका केही सदस्यहरूले भेट गर्दै जानकारी गराएका हुन् ।

    आरोहण दलमा बहराइन रोयल गार्डमा कार्यरत १३ जना बहराइनी र ३ जना बेलायती नागरिक हुनेछन् । विशेष विमानबाट नेपाल आउन लागेको उक्त टोली नेपालमा ७९ दिनसम्म बस्ने छन् ।

    सन् २०२० को अक्टोबरमा लोबुचे पीक र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको उक्त टोलीको लागि सगरमाथा आरोहणमा नेपालस्थित सेभेन समिट ट्रेक्स प्राइभेट लिमिटेडमार्फत बन्दोबस्त भइरहेको छ । 

    baharaen.jpg

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend