logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • नेपाली कांग्रेस पदाधिकारी बैठकमा जुटेन सहमति 

    नेपाली कांग्रेस पदाधिकारी बैठकमा जुटेन सहमति 

    3K
    Shares

    काठमाडौं । बिहीबार बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकमा वर्तमान अवस्थामा कांग्रेसले खेल्नुपर्ने भूमिकाबारे सहमति जुट्न सकेन ।  सभापति शेर बहादुर देउवाले वर्तमान राजनीतिक अवस्थामा कांग्रेस कसरि अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न बोलाएको पदाधिकारी बैठकले ठोस निर्णय गर्न नसकेको हो । 

    बैठक पछि प्रवक्ता विश्वप्रकाश शर्माले संसदीय दलको बैठकमा सांसदहरुको विचार लिने र प्रतिनिधिसभाको बैठक बस्ने दिनसम्म विकसित हुने राजनैतिक घटनाक्रमलाई विश्लेषण गरेर मात्रै कांग्रेसले निर्णय गर्ने बताए । 
    उनले भने, ‘बैठकमा साझा धारणा बनाउने र ठिक समय आएपछि निर्णयमा पुग्ने सहमति भएको छ । समयमा ठिक ठंगले निर्णय गर्छ इन्जुरी टाइममा गोल गरेको भन्दा हुन्छ । अहिले हामी एक खालको मनोविज्ञानमा पुगेका छौ । तर ठोस निर्णय संसदीय दलको बैठकमा  सांसदहरुको धारणाका साथ गर्छौ । अविश्वासको प्रस्तावको प्रस्तावकको रुपमा जान्छौ कि अगुवाई नै गरेर जान्छौ भन्ने कुरा । कांग्रेसले अपरिपक्को रुपमा होइन देश, संविधान र वर्तमान परिवेशलाई मध्येनजर गरी निर्णय गर्छ ।’

    कांग्रेस भित्र पुनःस्थापित प्रतिनिधिसभालाई कसरी उपयोग गर्ने भन्ने विषयमा पार्टी सभापति देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच फरक फरक मत रहदै आएको छ । सभापति, महामन्त्री लगायतका पदाधिकारीहरु कांग्रेस पक्ष निर्णायक हुने गरि परिर्वर्तित अवस्थाको उपयोग गर्ने पक्षमा छ भने रामचन्द्र पौडेल पक्ष सत्तारुढ नेकपाको ओली पक्ष बाहेकको शक्तिसंग मिलेर राजनैतिक निकास दिनुपर्ने भन्नेमा देखिएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend