
काठमाडौं । भारत र पाकिस्तानको तनाबकाबीच चीनले पहिलो पटक आफ्नो धारणा सार्वजनिक गरेको छ ।
चीनको विदेश मन्त्रालयले विज्ञप्ती जारी गरेर भारतले पाकिस्तानमाथि गरेको आक्रमणलाई ‘खेदजनक’ भएको जनाएको छ ।
मन्त्रालयले दुवै देशलाई संयमता अपनाउन आग्रह गरेको पनि रोयटर्सले उल्लेख गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘हामी दुवै पक्षलाई संयम अपनाउन र अवस्थालाई थप जटिल बनाउन सक्ने कुनै पनि कदम नचाल्न आग्रह गर्दछौँ ।’
बुधबार बिहान भारतले पाकिस्तानमाथि मिसाइल आक्रमण गर्दा कम्तिमा ७ जनाको मृत्यु र ३५ जनाभन्दा बढी घाइते भएका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend