
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन् । व्यवसायी लेखनाथ सुवेदीको जाहेरीका आधारमा वडाध्यक्ष पराजुलीलाई पक्राउ गरिएको हो ।
वडाध्यक्ष पराजुलीले हातपात गरेको भन्दै वडा नम्बर ४ कै व्यवसायीले मंगलबार किटानी जाहेरी दिएका थिए । वडाध्यक्ष पराजुलीले मंगलबार महानगरको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रशासन शाखा प्रमुख इश्वरीप्रसाद पोख्रेललाई हातपात गरेका थिए ।
पोखराको ढिकीडाँडाबाट पक्राउ गरिएका पराजुलीविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुविधा तथा नैतिकताविरुद्धको कसुरमा अनुसन्धान अगाडि बढाइने प्रहरीको भनाइ छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend