
काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससँगको सहकार्यमा कार्डमा आधारित अनलाइन ‘ग्लोबल पेमेन्ट गेटवे’ सञ्चालनमा ल्याएको छ।
यो नयाँ प्रणालीमार्फत बैंकका मर्चेन्टहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भिसा र मास्टर कार्डहरू प्रयोग गरी सहज रुपमा भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
देशमा ई-कमर्स कारोबारलाई प्रबर्द्धन गर्ने उद्देश्यले ग्लोबल पेमेन्ट गेटवे सञ्चालनमा ल्याएको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । जस अनुसार ट्राभल तथा टुर एजेन्सी, होटल, एयरलाइन्स, हस्पिटल लगायत व्यवसायहरु लाभान्वित हुनेछन् ।
बैंकका अनुसार यो पेमेन्ट गेटवेमा थ्रिडी सेक्योर्ड प्रविधि प्रयोग हुने भएकाले कारोबार सुरक्षित हुनेछ।
ग्लोबल आइएमई बैंकले नयाँ प्रविधिको माध्यमबाट ग्राहक र मर्चेन्ट दुवैको सेवा अनुभवलाई सरल, सुरक्षित र अन्तर्राष्ट्रिय मापदण्डअनुसार आधुनिक बनाउने अभियानलाई तीव्रता दिएको हो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend