logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • कोरोना भाइरसबाट विश्वभर १७ हजार स्वास्थ्यकर्मीको मृत्यु

    कोरोना भाइरसबाट विश्वभर १७ हजार स्वास्थ्यकर्मीको मृत्यु

    2.2K
    Shares

    काठमाडौं । एम्नेस्टी इन्टरनेसनलले कोरोना भाइरसको संक्रमण फैलिएदेखि यता संक्रमणबाट विश्वभर १७ हजार स्वास्थ्यकर्मीको मृत्यु भएको जनाएको छ। खोपको पहुँचमा विश्वव्यापी असमानता बढिरहेको क्रममा एम्नेस्टी इन्टरनेसनल, पब्लिक सर्भिसेज इन्टरनेसनल पीएसआई र युएनआई ग्लोबल युनियनले शुक्रबार यो तथ्यांक सार्वजनिक गरेको हो । एम्नेस्टी इन्टरनेसनलका अनुसार विश्वमा प्रति ३० मिनेटमा एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । 

    विश्वका ७० देशका सरकार, नागरिक समाज, मिडिया र विभिन्न संघसंगठनबाट प्राप्त तथ्यांकका आधारमा यो रिपोर्ट तयार पारिएको हो । अमेरिकामा सबैभन्दा धेरै स्वास्थ्यकर्मीको मृत्यु भएको छ, जसमा तीन हजार एक सय सात, मेक्सिकोमा तीन हजार तीन सय ७१, ब्राजिलमा एक हजार एक सय ४३, रुसमा एक हजार एक सय ३१ र बेलायतमा नौ सय ३१ स्वास्थ्यकर्मीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको उलेख गरिएको छ ।

    काम गर्नका लागि असुरक्षित वातावरण र व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिई को अभाव लगायतका मुख्य समस्याहरु स्वास्थ्यकर्मीहरूले विश्वव्यापी महामारीको प्रारम्भिक चरणमा सामना गर्नुपरेको थियो । महामारीको सुरुवाती चरणमा प्रायः सबै देशहरुमा पिपिईको अभाव रहेको थियो । आधारभूत उपकरणको अभावका कारण धेरै स्वाथ्य प्रणाली प्रभावित भएका थिए, स्वास्थ्यकर्मीहरु सुरक्षात्मक उपकरण विना नै लामो समय काम गर्नुपरेकाले धेरै स्वास्थ्यकर्मीले ज्यान गुमाएको रिपोर्टमा उल्लेख छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend