logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • चर्चामा यी जोडी

    चर्चामा यी जोडी

    3.9K
    Shares

    लामो समय देखि प्रेम सम्बन्धमा रहेका क्यामिलो कबेलो र शान मेन्डिजको चर्चा सधैँ हुन्छ । हालै पनि यी जोडीको चर्चा चुलिएको छ । चर्चाको कारण हो शान मेन्डिजको पोस्ट । क्यामिलोले हालै मात्र उनको २४ औँ जन्मदिन मनाइन् ।

    उनको जन्मदिनमा मेन्डिजले क्यामिलो सँगको एक फोटो पोस्ट गरे। मेन्डिजले पोस्टमा लेखेका छन्, ’मैले चिनेको सब भन्दा प्यारो,दयालु र सबैभन्दा सुन्दर व्यक्तिलाई जन्मदिनको शुभकामना’ उनले थप लेखेका छन् , ‘म तिमीलाई हरेक दिन धेरै माया गर्छु।’ उनको यो पोस्टलाई लाखौँ  बढिले लाइक र शेयर गरिरहेका छन् । 

    क्यामिलो र मेन्डिजकोे जोडीलाई हलिउडमा निकैँ मनपराइन्छ । यी दुईको पहिलो भेट अस्टिन महोनको लाइभ अन टूरका बेला सन् २०१४ मा भएको थियो । त्यस पछि एक अर्का प्रति नजिक बनेका यी जोडिले नोभेम्बर २०१५ मा  सँगै पहिलो गीत ‘आई नो वाट यु डिड लास्ट समर’ रिलिज गरे । उनीहरुले पुन सेन्योरिटा नामक गित सन् २०१९ मा रिलिज गरे जुन सर्वाधिक चर्चित बन्यौँ । २०२१ मा पनि सँगै उनहरुले नयाँ गीत निकाल्ने बताएको छ । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend