
मुगु । मुगुका चार वटा स्थानीय तहको बेरुजु रकम १ अर्ब ३० करोड रहेको पाईएको छ । मुगुको एक नगरपालिका सहित तिन गाउँपालिकाको बेरुजु रकम १ अर्ब ३० करो १५ लाख २० हजार रहेको पाईएको हो ।
गाउँपालिका राष्टिय महांसघको आयोजनामा मुगु सदरमुकाम गमगढीमा शुक्रबार सञ्चालित स्थानीय सरकारमा वित्तीय अनुशासन पालना बेरुजु फछ्यौट र सुशासन प्रर्वद्धनका सम्बन्ध जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रमा महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा मुगुका स्थानीय तहको बेरुजु रकम १ अर्ब ३० करोड १५ लाख २० हजार रहेको उल्लेख गरिएको छ ।
मुगुका चार वटै स्थानीय तहको यो बेरुजु रकम स्थानीय तह लागु भएदेखि आर्थिक बर्ष २०७९–८० सम्मको रहेको महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
मुगुका चारवटै स्थानीय तह छायाँनाथ रारा नगरपालिका, सोरुगाउँपालिका, खत्याड गाउँपालिका र मुगुमकार्मारोङ्ग गाउँपालिकाका मध्ये सबै भन्दा बढी बेरुजु रकम सोरु गाउँपालिकाको रहेको पाईएको छ भने सबै भन्दा कम बेरुजु रकम मुगुम कार्मारोङ्ग गाउँपालिकाको रहेको छ ।
सोरुगाउँपालिकाका सबै भन्दा बेरुजु रकम ६१ करोड २२ लाख ९३ हजार रहेको छ भने सबै भन्दा कम बेरुजु रकम मुगुम कार्मारोङ्ग गाउँपालिकाको ६ करोड ६६ लाख ३८ हजार रहेको छ ।
छायाँनाथ रारा नगरपालिकाको १९ करोड ३५ लाख २३ हजार हरेको छ । यता खत्याड गाउँपालिकाको ४२ करोड ९० लाख ६६ हजार बेरुजु रहेको मुगु सदरमुकाम गमगढी बजारमा आयोजित कार्यक्रम मार्फत महालेखा परिक्षकको कार्यालयका निर्देशक जगनाथ घिमिरेले जानकारी दिए ।
मुगुका स्थानीय तहमा रहेको १ अर्ब ३० करोड १५ लाख २० हजार बेरुजु रकम केहि असुली, केहि प्रमाण कागजात पेश गर्नु पर्ने र केहि नियमित गर्नु पर्ने र केहि पेश्की रकमसहितको बेरुजु रहेको पाईएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend