बुधबार, जेष्ठ ७ २०८२

बुधबार, जेष्ठ ७ २०८२

सरकारले केही दिनभित्रै गभर्नर नियुक्ति गर्छ, दलहरुबीच कुनै असमझदारी छैन : महेश बर्तौला

सरकारले केही दिनभित्रै गभर्नर नियुक्ति गर्छ, दलहरुबीच कुनै असमझदारी छैन : महेश बर्तौला

काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले केही दिनभित्रै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने बताएका छन् ।

शुक्रबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले गभर्नर नियुक्तिका लागि छलफलले केही समय लिएको बताए । उनले दलहरुबीच गभर्नर नियुक्तिको विषयमा कुनै असमझदारी नभएको बताए ।

गभर्नर नियुक्तिको छलफल नियमित प्रक्रियाबाट नै अगाडि बढेको उनको भनाइ छ । उनले केही कानूनी विषयमा गभर्नर नियुक्तिको विषय अदालतमा पुगेकाले नियुक्तिमा ढिलाइ भएको जिकिर गरे । उनले सरकारले छलफललाई निश्कर्षमा पुर्याएर छिट्टै नियुक्ति गर्ने बताए ।

प्रमुख सचेतक बर्तौलाले सरकारले वर्तमान संविधान र व्यवस्था विरुद्धको कुनैपनि गतिविधिको प्रतिवाद र विरोध गर्ने बताए । उनले राजावादीहरुको आन्दोलन देश शान्ति र समृद्धितर्फ अगाडि बढेको देख्न नचाहने प्रतिक्रियावादीहरुले मुलुकलाई द्वन्द्वमा लैजान गरेको प्रायोजित षड्यन्त्र भएको आरोप लगाए ।

वंशको आधारमा देशको उच्च पदमा राख्न कुनैपनि नेपाली जनता तयार नभएको उनको भनाइ छ ।

प्रमुख सचेतक बर्तौलाले नेपाल राष्ट्र बैंकको आन्तरिक प्रबन्ध बमोजिम भइरहेका कामका बारेमा सरकारले केही बोल्न नसक्ने बताए ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend