logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • पश्चिमी वायुको आंशिक प्रभाव, यस्ताे छ आगामी तीन दिनकाे माैसम पूर्वानुमान

    पश्चिमी वायुको आंशिक प्रभाव, यस्ताे छ आगामी तीन दिनकाे माैसम पूर्वानुमान

    2.7K
    Shares

    काठमाडाैं । पश्चिमी वायुकाे आ‌ंशिक प्रभावका कारण शनिबार देशका केही भू–भागमा सामान्यतया बदली हुने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । शनिबार देशका केही पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली हुनेछ भने बाँकी भू-भागहरूमा मौसम सफा रहने महाशाखाले जनाएकाे छ । 

    यस्ताे छ आगामी तीन दिनको मौसम पूर्वानुमान :

    फागुन २२ गते (शनिबार)

    दिउँसो :  प्रदेश १ , बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।  प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुको केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    राति :  प्रदेश १ , बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।  प्रदेश १ , बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेश को को पहाडी/हिमाली भू-भागहरुको केही स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । 

    फागुन २३ गते (आइतबार)

    दिउँसो : देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेशहरुको पहाडी तथा हिमाली भू-भागहरुको केही स्थानहरुमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

    राति : प्रदेश नं १  र सुदूरपश्चिम प्रदेशमा साथै बाँकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली भएर बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेशहरुको पहाडी तथा हिमाली भू-भागहरुको केही स्थानहरुमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । 

    फागुन २४ गते (सोमबार)

    दिउँसो : प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशमा साथै  बाँकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेशहरुको पहाडी तथा हिमाली भू-भागहरुको केही स्थानहरुमा हल्का वर्षा/हिमपात को सम्भावना रहेको छ ।

    राति : देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।  प्रदेशहरुको पहाडी तथा हिमाली भू-भागहरुको केही स्थानहरुमा हल्का वर्षा/हिमपात को सम्भावना रहेको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend