logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • कांग्रेस अझै ‘पर्ख र हेर’को अवस्थामा

    कांग्रेस अझै ‘पर्ख र हेर’को अवस्थामा

    3.4K
    Shares

    काठमाडौं । पछिल्लो राजनीतिक परिस्थितिबारे धारणा तय गर्न बसेको नेपाली कांग्रेस संसदीय दलको बैठक ‘पर्ख र हेर’ कै दुविधामा अलमलिएको  छ ।

    संघीय ससंद भवन नयाँबानेश्वरमा शुक्रबार बसेको संसदीय दल बैठक समसामयिक राजनीतिक विषयमा छलफल भएपनि निष्कर्षमा पुग्न सकेन । बिहीबार बसेको पदाधिकारी बैठकले संसदीय दलको बैठक पनि सांसदहरुको धारणाका आधारमा निष्कर्षमा पुग्ने निर्णय गरेको थियो । तर शुक्रबार बसेको संसदीय दलमा २९ जना सांसदहरुले धारणा राखेको भएपनि राजनीतिक विषयमा लिने निर्णय बारे भने दल निष्कर्षमा पुग्न सकेन ।

    आइतबारको प्रतिनिधिसभा बैठकमा नेकपाका सांसदहरुको भूमिकाको  विश्लेषण गरेर मात्रै कांग्रेसले निर्णय गर्ने भएको छ । बैठक पछि प्रमुख सचेतक बालकृष्ण खाँडले कांग्रेसले उचित समयमा उचित निर्णय लिने बताए । उनले भने ‘बैठक प्रारम्भ भएपछि बैठकभित्र राजनीतिक दलका साथीहरुले खासगरी नेकपाका साथीहरुले कसरी आफूलाई प्रस्तुत गर्नुहुन्छ, ती सबै कुराहरुलाई गम्क्भीरतापुर्वक समीक्षा, विश्लेषण गरेर कांग्रेसले उचित समयमा उचित निर्णय गर्छ ।’

    बैठकले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले संविधानवाद र लोकतन्त्रको विजय भएको निष्कर्ष निकालेको छ । त्यसैगरी कोभिड १९ को खोप सबैलाई दिलाउने गरि बन्दोबन्द मिलाउन र कोभिडको समयदेखि बन्द भएका सीमा नाकाहरु स्वास्थ्य सतर्कता मापदण्ड अपनाएर अबिलम्ब सञ्चालनमा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend