
काठमाडौं । नेपाल क्रीकेट संघ क्यानले आगामी जुनमा स्कटल्याण्डमा आयोजना हुने आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको श्रृंखलाका लागि नेपाली टोलीको घोषणा गरेको छ ।
क्यानले शनिबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । त्यस्तै, उपकप्तानको भूमिकामा दिपेन्द्रसिंह ऐरी रहनेछन् ।
यस्तो छ नेपाली टोली :
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, अनिल शाह, भिम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने र करण केसी ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend