logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • उपत्यकासहित देशका विभिन्न यी स्थानमा शनिबार विद्युत कटाैती 

    उपत्यकासहित देशका विभिन्न यी स्थानमा शनिबार विद्युत कटाैती 

    3.1K
    Shares

    काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले शनिबार उपत्यकाका केही स्थानसहित देशका विभिन्न ठाउँमा विद्युत कटौती गर्ने भएको छ ।

    प्राधिकरणका अनुसार ललितपुरको लगनखेल वितरण केन्द्रको हरिसिद्दि फिडरअन्तर्गत ढलोट कारखाना, हात्तीवन, एरावत टोल, धापाखेल तथा हरिसिद्दि क्षेत्रमा मध्याह्न १२ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत कटौती हुनेछ ।

    ललितपुरकै पुल्चोक वितरण केन्द्रअन्तर्गत फुलबारी चोक, भैंसेपाटी आवास क्षेत्र, महतो मार्ग, पुरानो वडा कार्यालय, ऋषि मन्दिर क्षेत्र, एक डाँडा, नक्खुडोला, तालिम केन्द्र, रेडियो नेपाल टावर, गोकुल आवास, वाई वाई चोक, खड्का गाउँ, खोकना दोबाटो, डिस होम, कार्य बिनायक हाउजिङलगायत क्षेत्रमा का क्षेत्रमा आज पोल सार्नुपर्ने भएकाले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली जानेछ ।

    काठमाडौंको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत महाराजगञ्ज कपन मार्ग पिपलबोट गंगालाल हस्पिटललगायतका क्षेत्रमा दिउँसो २ बजेदेखि ३ बजेसम्म विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ ।

    चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २० र २५ काे चनौली अमृत चोक क्षेत्रमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म विद्युत कटौती हुनेछ । यस्तै, बाराको निजगढ क्षेत्रमा रहेको चुपर सवस्टेशनअन्तर्गतका क्षेत्रमा बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्मका लागि विद्युत कटौती गरिएको छ ।

    विराटनगरको वितरण केन्द्रअन्तर्गत वडा नम्बर २,३,४,८ र ९ मा पनि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म विद्युत कटौती हुनेछ ।

    गण्डकी प्रदेशका कास्की, म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत जिल्लामा पनि बिहान १० बजेदेखि १ बजेसम्म विद्युत कटौती गरिने हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend