
एजेन्सी । भारतको मध्य राज्य छत्तीसगढमा ट्रकसँग गाडी ठोक्किँदा नौ महिला र एक शिशुसहित कम्तीमा १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा १४ जना घाइते भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।
राज्यको राजधानी रायपुर नजिकै दुर्घटना भएको थियो । पीडितहरू आफ्ना एक आफन्तको घरमा आयोजित कार्यक्रममा भाग लिएर घर फर्किरहेका थिए । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको बताइएको छ । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
राज्यका पूर्वमुख्यमन्त्री भूपेश बघेलले मिडियालाई बताएअनुसार हालैका वर्षहरूमा छत्तीसगढमा सडक दुर्घटनाको संख्यामा वृद्धि भएको छ । राज्य सरकारलाई यस्ता दुर्घटनाहरू रोक्न र मानव जीवन बचाउन कदम चाल्न आग्रह गरेका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend