
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सो लाभांश दिने भएको हो । ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश दिने निर्णय कम्पनीको बैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो ।
बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७८९४७३ प्रतिशत नगद लाभांशबाट समायोजन गरिने कम्पनीले जनाएको छ ।
उक्त प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारणसभाबाट अनुमोदन गरी सेयरधनीलाई वितरण गरिनेछ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend