logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • अब एमाले र माओवादीका रुपमा आआफ्नो निर्णय हुन्छ: सुवास नेम्वाङ

    अब एमाले र माओवादीका रुपमा आआफ्नो निर्णय हुन्छ: सुवास नेम्वाङ

    4.2K
    Shares

    काठमाडौं। संविधान सभा सदस्य तथा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताइदिएकाले अब फैसलाअनुसार आ-आफ्नो निर्णय गरेर अघि बढ्ने प्रतिक्रिया दिएका छन्। 

    सर्वोच्च अदालतले ऋषि कट्टेलको नेकपा नै आधिकारिक नेकपा भएको र एमाले र माओवादी केन्द्रबीचको एकताबाट बनेको नेकपाले मान्यता नपाउने फैसला सुनाएपछि नेम्वाङले यस्तो प्रतिक्रिया दिएका हुन्। 

    अब हामी सर्वोच्च अदालतको फैसला अनुसार नै अगाडी बढ्छौं, नेम्वाङले भने, फैसलाअनुसार नै अब एमाले र माओवादी केन्द्र छुट्टाछुट्टै निर्णय गरेर अगाडी बढ्नुपर्ने हुन्छ। ‘

    सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो।  यो फैसलासँगै अब केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।

    नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकता भएपछि निर्वाचन आयोगले ऋषि कट्टेल नेतृत्वको नेकपासँग नाम जुध्ने गरि प्रचण्ड–ओली नेतृत्वको पार्टीलाई नेकपा नाम दिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend