logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • प्रियंकाले न्यूयोर्कमा खोलिन् भारतीय रेष्टुरेन्ट ‘सोना’

    प्रियंकाले न्यूयोर्कमा खोलिन् भारतीय रेष्टुरेन्ट ‘सोना’

    3.6K
    Shares

    नायिका प्रियंका चोपडाले न्यूयोर्कमा नयाँ व्यवसाय सुरु गरेकी छिन् । उनले त्यहाँ भारतीय रेष्टुरेन्टको सुरुवात गरेकी छिन् । प्रियंकाले सोसल मिडिया मार्फत यस बारे   जानकारी दिएकी छिन् । उनकोे रेष्टुरेन्टको नाम भने ‘ सोना’ राखिएको छ ।

    प्रियंकाले लेखेकी छिन् , ‘म तपाईंहरुलाई सोना चिनाउन  पाउँदा निकै खुसी छु । न्यूयोर्कमा मेरो नयाँ रेष्टुरेन्ट जहाँ मैले भारतीय खाना प्रति आफ्नो प्रेम पस्किएकी छु। भारतीय स्वाद दिनको लागि मलाईले साथ दिनेछ  शेफ हरी नायकले जो निकै प्रभावशाली छन् ।  तपाईंलाई मेरो शानदार देशको यात्रामा लिएर जाँदैछु ।

    र त्यहाँ तपाईंहरुलाई हेर्न म प्रतीक्षा गर्न सक्दिनँ । यो कोसिस मेरा साथीहरु मनिष गोयल र डेविड रेबिनको नेतृत्व बिना असम्भब छ । यो सोचलाई यति स्पष्टतासँग साकार गर्नका लागि हाम्रा डिजाइनर मेलिसा बोवर्स र अन्य समूहलाई धन्यवाद । ’सोना यो महिनाको अन्त्यमसम्म खोलिने उनले बताएकी छिन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend