logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक : एमाले र माओवादी केन्द्र छुट्टा छुट्टै भएर अघि बढ्ने 

    प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक : एमाले र माओवादी केन्द्र छुट्टा छुट्टै भएर अघि बढ्ने 

    4.7K
    Shares

    काठमाडौं । प्रचण्ड–माधव पक्षले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अब छुट्टाछुट्टै भएर अगाडि बढ्ने निर्णय गरेको छ । 

    सोमबार पेरिसडाँडामा बसेको प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो । प्रचण्ड–माधव पक्षका वरिष्ठ नेता झलनाथ खनालले बैठकले सो निर्णय गरेको जानकारी दिए । बैठकको निर्णयबारे जानकारी दिँदै उनले भने, ‘एमाले र माओवादी अब अलग–अलग रुपमा अघि बढ्ने भएका छौँ ।

    एमाले भित्र रहेर ओली प्रवृत्तिविरुद्ध लड्न सकिने माधव नेपाल पक्षका नेताहरुको भनाइ छ ।

    सर्वोच्च अदालतले आइतबार ‘नेकपा’ नामको विवादबारे मुद्दाको फैसला ऋषिराम कट्टेलको पक्षमा सुनाएको थियो । फैसलाले नेकपाको अधिकारीकता ऋषि कट्टेल नेतृत्वको पार्टीले पाउने भन्दै पूर्व नेकपा एमाले र पूर्व नेकपा माओवादी केन्द्र ब्युँताइदिएको थियो । 

    यस फैसलाले ओली पक्षलाई राहात मिलेको र प्रचण्ड–माधव पक्षलाई अप्ठ्यारो बनाएको विश्लेषण गरिएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend