
काठमाडौं । सर्वोच्च अदालतले सिभिल सहकारीका सञ्चालक एवं पूर्वसांसद इच्छाराज तामाङलाई थुनामा पठाउने उच्च अदालतको आदेशलाई सदर गरेको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका तामाङको कसुर सर्वोच्च अदालतबाट पनि सदर भएको हो ।
न्यायाधीशहरू नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको शुक्रबारको इजलासले उक्त आदेश सदर गरेको हो ।
आफूलाई बेरितपूर्वक थुनामा राखिएको भन्दै तामाङले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
विशेष अदालतले सिभिल सेभिङ एण्ड क्रेडिट कोओपोरेटिभ लिमिटेडका सञ्चालक तामाङलाई दोषी ठहर गरी एक अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ बराबरको जरिवाना र ३ वर्ष कैद सजाय सुनाएको थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend