
विराटनगर । कोशी प्रदेशका चार जना सांसद चढेको गाडी दुर्घटनामा परेको छ । सोमबार बा ५ च ३५३० नम्बरको कारले विराटनगर आउँदै गरेको बिएइ १४०६ नम्बरको सांसद सवार कारलाई ठक्कर दिएको हो ।
उक्त गाडीमा प्रदेश सभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए ।
त्यस्तै, बा ५ च ३५३० नम्बरको कारमा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत डीएसपी खगेन्द्र खड्का सवार थिए भने गाडी पनि उनले नै चलाइरहेका थिए ।
दुईवटै गाडीमा सवारको अवस्था सामान्य रहेको जनाइएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend