सोमबार, असार ९ २०८२

सोमबार, असार ९ २०८२

गभर्नरका लागि तीन जनाको नाम सिफारिस

गभर्नरका लागि तीन जनाको नाम सिफारिस

काठमाडौं । गभर्नर सिफारिस समितिले गभर्नरमा तीन जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको सिफारिस समितिले तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको हो ।

सिफारिस समितिबाट अर्थशास्त्री विश्व पौडेलसहित तीन जनाको नाम गभर्नरमा सिफारिस भएको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।

जसमध्ये पहिलो पौडेलमा विश्वको नाम छ ।

पौडेललाई गभर्नर नियुक्ति गर्ने यसअघि नै कांग्रेस–एमालेबीच सहमति भइसकेको छ । आजै मन्त्रिपरिषद्को बैठकबाट औपचारिक निर्णय हुनेछ ।

दुई दलबीच लामो रस्साकस्सीपछि अब राष्ट्र बैंकले रिक्त भएको डेढ महिनापछि नयाँ गभर्नर पाउने भएको हो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend