
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ उच्च मूल्यले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढेको हो । जसअनुसार आज सुन प्रति तोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सोही परिमाणको सुनको मूल्य मंगलबार एक लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ५० रुपैयाँले बढेर चाँदी १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend