
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले पदभार ग्रहण गरेका छन् । बुधबार पदभार ग्रहणपछि पहिलो निर्णयका रुपमा ५० र १ हजारका नयाँ नोट छपाई गर्ने निर्णयमा उनले हस्ताक्षर गरेका छन् ।
पदभार ग्रहण गर्दै गभर्नर पौडेलले सरकारले ल्याउने बजेट कार्यान्वयनका लागि सोही अनुरूप मौद्रिक नीति तर्जुमा गर्ने बताए । उनले मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि सबैसँग समन्वय गरेरै आफू अघि बढ्ने बताए ।
सरकारले मंगलबार नेपाल राष्ट्र बैंकको गभर्नरमा डा। विश्वनाथ पौडेललाई नियुक्त गरेको थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend