आइतबार, असार ८ २०८२

आइतबार, असार ८ २०८२

बाबुरामसँग पार्टी एकताबारे प्रचण्ड : ‘कम्युनिष्ट पार्टी नाम राख्ने हो भने एकता गर्दिनँ भनेपछि के हामी मर्ने ?

बाबुरामसँग पार्टी एकताबारे प्रचण्ड : ‘कम्युनिष्ट पार्टी नाम राख्ने हो भने एकता गर्दिनँ भनेपछि के हामी मर्ने ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वसहयात्री समेत रहेका नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईसँग एकता सम्भव नभएको बताएका छन् ।

उनले भने, ‘बाबुरामसँग हामीले एकता गर्ने भनेकै हो नि ! गोरखामा चुनाव लड्दा हाम्रो नारायणकाजी कमरेड, म, बाबुरामले लहै अब चाहिँ यो चुनावमात्रै होइन अब पार्टी पनि एउटै बनाउने भनिएको थियो । तर, उहाँले पछि कम्युनिष्टको नाम सुन्न चाहनुहुन्न । कम्युनिष्ट पार्टी नाम राख्ने हो भने म त एकता गर्दिनँ भनेपछि अब हामी के मर्ने ? बाबुरामको लागि ?’

उनले नेता बाबुरामको दिमाग नै ठाउँमा नभएको आरोप समेत लगाए । ‘अब बाबुरामलाई के गरी ल्याउने ? उनको दिमाग चाहिँ ठाउँमा हुन पर्‍यो र पो ल्याउन सकिन्छ। सबै एकता भनेर निरपेक्ष एकता भन्ने हुँदैन । त्यो सापेक्ष हुन्छ । त्यो विचार, दृष्टिकोण, प्रवृत्ति मिल्न पर्छ। फेरी एकता गरेपछि ठूलो भैहाल्ने एकता नगरेपछि सानो भैहाल्ने भन्ने पनि होइन त्यो फर्मुला ।’ – उनले भने ।

रुकुमपूर्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले गोरखामा चुनाव लड्दा नै मिल्ने भनेपनि कम्युनिष्टको नाम नै सुन्न तयार नभएपछि एकता सम्भव नभएको बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

ताजा अपडेट