logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • शिक्षा सीप र रोजगारीका लागि ‘गुरु’को ल्यापटप तथा मोबाइल मर्मत तालिम

    शिक्षा सीप र रोजगारीका लागि ‘गुरु’को ल्यापटप तथा मोबाइल मर्मत तालिम

    9.2K
    Shares

    काठमाडौं । काठमाडौंको ‘गुरु इन्स्च्यिुट अफ इन्जिनियरिङ’ले ल्यापटप तथा मोबाइल मर्मत तालिम सञ्चालन गरिरहेको छ । बेरोजगार युवाहरुका लागि सिपमुलक तालिम प्रदान गर्ने उद्देश्यले यो तालिम सञ्चालन भइरहेको हो । यो संस्था उत्कृष्ट तालिम प्रदान गर्ने संस्थाको रुपमा समेत छनोट भएको छ । 

    गुरुले उच्च शिक्षा हासिल गर्नबाट बञ्चित भएका र निम्न आय स्रोत भएका विद्यार्थीहरुलाई मध्यनजर गरेर तालिम प्रदान गरिरहेको गुरु इन्जिनियरिङका संस्थापक पदमराज अवस्थीले जानकारी दिए । तालिम पश्चात् रोजगारीसमेत प्रदान गर्ने गरिएको उनले बताए । दक्ष जनशक्ति उत्पादन र वेरोजगारको अन्त्य गर्ने हाम्रो मुख्य अभियान हो । यहाँबाट तालिम लिएका कतिपयले आफ्नो कम्पनी पनि चलाइरहेका छन् ।’ 

    ‘शिक्षा, सीप र रोजगारी’को नारासहित स्थापित गुरु इन्स्च्यिुट अफ इन्जिनियरिङले देशमा अभाव रहेको प्राविधिक एवम् दक्ष जनशक्ति आवश्यकता मध्यनजर गरेर युवावर्गमा गुणस्तरीय तालिम प्रदान गर्ने उद्देश्य राखेको छ । संस्थाले रोजगारमूलक कार्यक्रम अन्तर्गत मोबाइल, ल्यापटप, कम्प्युटर, टेलिभिजन, प्रिन्टर, सिसिटिभीलगायतका मर्मत तालिमका साथै हार्डवेयर र सफ्टवेयरसम्बन्धी विभिन्न विषयमा रोजगारीको सुनिश्चिततासहित तालिम प्रदान गरिरहेको छ ।

    guru 2 .jpg

    गुरु इन्स्च्यिुट अफ इन्जिनियरिङले उच्च शिक्षा हासिल गर्नबाट बञ्चित युवाहरु तथा वैदेशिक रोजगारीका लागि बाहिर जाने युवाहरुका अलवा इन्जिनियरिङ अध्ययन समाप्त भएका विद्यार्थीहरुलाई थप प्रयोगात्मक तालिम प्रदान गरिरहेको छ । हरेक विषयका दक्ष प्रशिक्षकद्धारा नयाँ प्रविधिमा तालिम प्रदान पनि गरिरहेको छ । यसका अलावा यस संस्थाले विभिन्न ख्यातीप्राप्त कम्पनीहरुमा आफूकहाँ तालिम लिएका दक्ष जनशक्ति उपलब्ध पनि गराइरहेको छ । साथै, स्वरोजगार बन्न चाहने तथा आफ्नै व्यवसाय सञ्चालन गर्न चाहनेलाई सहयोग पनि गरिरहेको छ ।

    उपत्यका बाहिरका विद्यार्थीहरुका लागि बिशेष सहुलियत दरमा तालिम दिइरहेको संस्थाले विद्यार्थीहरुको सहजताका लागि सहुलियत दरमा होस्टेल सुविधाको पनि व्यवस्था गरेको जानकारी दिएको छ ।

    अहिले गुरु इन्स्टिच्युट अफ इन्जिनियरिङले दक्ष जनशक्ति उत्पादन र आपूर्तिका अलवा देशका विभिन्न जिल्लामा कम्प्युटर, मोबाइल, ल्यापटपहरु रिपेरिङ्गका लागि २५ भन्दा बढी मर्मत सेन्टरहरु स्थापना गरी सेवाका अलवा स्थानीयस्तरमा रोजगारी समेत सिर्जना गरिरहेको छ । गुरु इन्स्च्यिुट अफ इन्जिनियरिङले आफ्नो वेबसाइट www.nepguru.com मा गएर वा ४४८२३५७ तथा ९८५१२०९५६४ मा सम्पर्क गरेर विस्तृतमा यसबारे जानकारी लिन सकिनेसमेत जानकारी गराएको छ ।

    guru 3 .jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend