
काठमाडौं । कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले प्रदेशको सांस्कृतिक विविधता र किराँत धर्मलाई उजागर गर्न ‘कोशी प्रदेश पर्यटन वर्ष–२०८२’ मनाउन लागिएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मण्डलले यस्तो बताएका हुन् । उनले प्रदेशको भेषभूषा, रहनसहन र संस्कृतिहरु विशेष रहेको उल्लेख गर्दै त्यसको उजागर गर्नको लागि प्रदेश सरकार लागि परेको बताए । उनले पदमार्गमा आधारित पर्यटन प्रवद्र्धन गर्न चारवटा तिब्बत मार्ग निर्माणको काम समेत अघि बढाइएको बताए । उनले इलामको कन्याम, अन्तु, धनकुटाको भेडेटार, तीनजुरे लगायतका पर्यटकीय गन्तव्यहरूमा सहज पहुँच सुनिश्चित गर्न ‘टुरिष्ट कार्ड’को व्यवस्था गरिएको उल्लेख गरे । प्रदेश सरकारले विदेशी पर्यटकका लागि एकीकृत जाँच प्रणाली र एकीकृत कर प्रणालीको व्यवस्था गर्न समेत काम गरिरहेको मन्त्री मण्डको दाबी छ ।
उनले भने, ‘हामीसँग भएको सांस्कृतिक विविधतालाई र संसारकै टिपिकल धर्मको रुपमा रहेको किँरात धर्मलाई उजागर गर्नको लागि कोशी प्रदेश पर्यटन वर्ष २०८२ मनाइरहेका छौँ । जसको भेषभूषा, रहनसहन फरक किसिमको पाइएको छ । ती सम्पुर्ण संस्कृतिहरुलाई उजागर गर्नको लागि कोशी प्रदेश अगाडि बढिरहेको छ । हामीले पदमार्गमा आधारित पर्यटनका लागि चारवटा तिब्बत मार्गहरुमा काम अगाडि बढाइरहेका छौं । अर्को, हामीसँग भएका इलामको कन्याम, अन्तु, धनकुटाको भेडेटार, तीनजुरे लगायतका पर्यटकीय गन्तव्यहरुमा पर्यटकहरुको सहज पहुँचका सम्भावनाहरुलाई हामीले मध्यनजर गरेर हामील टुरिष्ट कार्डको व्यवस्था गरेका छौं । जसबाट पर्यकटहरुमा वृद्धि समेत भइरहेको छ । विदेशी पर्यटकहरुबाट हामीले एकीकृत जाँच प्रणाली र एकीकृत कर प्रणालीको व्यवस्था गर्नको लागि काम अगाडि बढाइरहेका छौं ।’
उनले कोशी प्रदेशका पर्यटकीय तथा धार्मिकस्थलहरुको संरक्षण तथा प्रवद्र्धनका लागि तीन तहको सरकारबीच समन्वय र सहकार्य हुन आवश्यक रहेको समेत बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend