
उषा काफ्ले / काठमाडौं । पछिल्लो समय नेपाली सिनेजगतमा ‘ऊनको स्वीटर’ नामक चलचित्रले बजार तताई रहेको छ ।
चलचित्र प्रर्दशनमा आउनु अगावै चलचित्रमा रहेको ‘काफ्ले’ गीतले बजारमा राज गरीसकेको थियो । वैशाख २६ गतेबाट रिलिज भएको यो चलचित्रले पहिलो शनिबार भन्दा दोस्रो शनिबार धेरै दर्शक पायो र राम्रो अकुपेन्सी सहित चल्यो । अझ भन्नु पर्दा त्यसपछि आएका चलचित्रभन्दा पनि यही सिनेमा राम्रोसँग चलिरहेको छ ।
अझै केही दिन यो सिनेमा चल्ने निश्चित छ । नेपाली सिनेमाको इतिहासमा आर्थिक र दर्शकीय सफलता दुवै हिसाबले उल्लेखनीय स्थान बनाएको चलचित्र ‘ऊनको स्वीटर’ अहिले देशभित्र र देशबाहिर एकसाथ चर्चा र प्रशंसामा रहेको छ ।
लेखक तथा निर्देशक नवीन चौहानको निर्माणमा बनेको यो चलचित्रले रिलिजको पहिलो सातामै नेपालमै ५ करोड ७५ लाख रुपैयाँ ग्रस कलेक्सन गर्दै वर्षकै पहिलो ‘हिट’ चलचित्र बन्न सफल भएको छ । यसमा अहिले ठूलो रकम थपिइसकेको छ, र अहिले चलचित्र तेस्रो हप्तामा प्रवेश गरेको छ ।
यो सिनेमा चल्नुका पछाडि विभिन्न कारणहरु रहेका छन् । दाजु र भाइको मायाँ, पिताको मिहेनत, आमाको धैर्यता, र विपिन कार्की र मिरुना मगरको अन्तरजातिय ‘लभस्टोरी’ले सबैको मन छोएको छ ।
दोस्रो पक्ष हो, संस्कृति । पूर्वी पहाडको लिम्बू समुदायको संस्कृति, परम्परा यो चलचित्रमा देख्न सकिन्छ । सबै समुदायमा यो यस्तो राम्रो चलन र एकता देखिदैन पनि । आफ्नो समुदाय, संस्कार र संस्कृति जोगाउन र त्यसलाई फैल्याउन जति राई, लिम्बू, मगर र जनजाति समुदायले गर्छ, त्यो अरुले गर्दैनन् । अरु समुदायले ग्रहण गर्नुपर्ने सबल पक्ष यो पनि एक हो ।
तेस्रो कारण हो, सांगीतिक पक्ष । सुजन चापागाइको संगितले सबैलाई मन्त्रमुक्त बनाउँछ । ‘काफ्ले’ गीत अहिलेको भाइरल गीत हो । र यो सिनेमाको प्रचारका लागि सञ्जिवनी बुटीसरह बन्यो । तर चलचित्र प्रर्दशन पश्चात सार्वजानिक गरीएको ‘चाईएनेजो’ गितले पनि उस्तै बजार तताईरहेको छ ।
अहिले ‘ऊनको स्वीटर’ संयुक्त राज्य अमेरिकाका ३० भन्दा बढी शहरहरूमा एकै पटक प्रदर्शन भइरहेको छ । त्यस्तै, अस्ट्रेलियामा पनि चलचित्र रिलिज भएको पहिलो दिनदेखि नै हाउसफुल शोहरू दिइरहेको छ ।
‘ऊनको स्वीटर’मा कलाकार विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेल लगायतको अभिनय रहेको छ । जीवन्त संवाद, यथार्थपरक प्रस्तुति र नवीन चौहानको सुन्दर निर्देशनले चलचित्रलाई सबै वर्गका दर्शकले रुचाएका छन् ।
पछिल्लो समय चलचित्रको प्रचार मात्रै होइन सिनेमा चलाउने तागत पनि गीतमा हुन्छ भन्ने विश्वास यो चलचित्र हेरेपछि भान पक्कै हुन्छ । पछिल्लो समय गाउँका कथाले बजार लिइरहेका छन् । देहातका कथा दर्शकले रुचाईरहेका छन् । शहर बजारका झिलिकमिलिक र सुकिलामुकिलाका कथाभन्दा पनि गाउँका सामाजिक कथा, दुःख र पीडाका कथा, लेक, बेसी र पहाडका कथा दर्शकले रुचाइरहेका छन् । र अर्काे कारण यो मान्न सकिन्छ, त्यो हो आर्टमाण्डू । आर्टमाण्डू म्युजिकल फिल्मका लागि अथवा लामालामा म्युजिक भिडियोका लागि स्थापित व्यानर हो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend