सोमबार, असार ९ २०८२

सोमबार, असार ९ २०८२

देशमा केही भएन भनेर भ्रम छर्नेकुरा फेसन जस्तो भयो : उपप्रधानमन्त्री सिंह

देशमा केही भएन भनेर भ्रम छर्नेकुरा फेसन जस्तो भयो : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएन भनेर भ्रम छर्नेकुरा फेसन जस्तो भएको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ काठमाडौं महानगर समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले के भयो र ? के भएको छ र ? जस्ता भाष्यहरु बनाएर प्रजातन्त्रले के ल्यायो भन्दै प्रश्न गर्ने काम भइरहेको बताए । अभिव्यक्ति स्वतन्त्रताको अधिकार कसले दियो ? भन्दै प्रश्न गरे । संघर्ष र बलिदानबाट प्राप्त अधिकारको संरक्षण गर्ने काम सबैको भएको उनले बताए । उनले नकारात्मक कुरालाई प्रचार गर्ने काम भइरहेको भन्दै असन्तुष्टि जनाए ।

उपप्रधानमन्त्री सिंहले जनताको अधिकार सुरक्षित राख्ने कुरामा सबैले ध्यान दिनुपर्ने बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

ताजा अपडेट