
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) को गंगानारायण श्रेष्ठ समूह नेकपा (माओवादी केन्द्र) मा समाहित भएको छ ।
ललितपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा सोमबार पार्टी एकता घोषणा भएको हो ।
नेकपा माओवादी केन्द्रमा फर्किएका नेता गंगानारायण श्रेष्ठले केन्द्रीय सचिव पद पाएका छन् । ९ असोज २०७२ मा माओवादीबाट अलग हुँदै गर्दा उनी पोलिटब्यूरो सदस्य थिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend