
काठमाडौं । अमेरिकाले १२ देशका नागरिकहरूलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाएको छ ।
पूर्ण प्रतिबन्ध लगाइएका देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, रिपब्लिक अफ कङ्गो, इक्वेटोरियल गिनी, इरिट्रिया, हइटी, इरान, लिबिया, सोमालिया, सुडान तथा यमन छन् ।
ट्रम्पले केही देशका नागरिकहरूको अमेरिका यात्रामा आंशिक प्रतिबन्ध पनि लगाएका छन् । बुरुन्डी, क्युवा, लाओस, सियरालियोन, टोगो, तुर्कमेनिस्तान तथा भेनेजुएलाका नागरिकमाथि आंशिक प्रतिबन्ध लगाएका हुन् । यो आदेश ९ जुनदेखि लागू हुनेछ ।
ट्रम्प प्रशासनले ुखतरनाक विदेशी तत्त्वुबाट अमेरिकीहरूलाई बचाउनका लागि यस्तो प्रतिबन्ध लगाइएको बताएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend