बुधबार, असार ४ २०८२

बुधबार, असार ४ २०८२

‘स्टार्टअपलाई प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थासँग जोडौँ’

‘स्टार्टअपलाई प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थासँग जोडौँ’

काठमाडौं । आईडिया स्टुडियोले काठमाडौंमा आयोजना गरेको ‘नवप्रवर्तक युवासँग प्रधानमन्त्री’ अन्तरक्रियामा बुधबार विभिन्न क्षेत्रका व्यक्तित्वहरुले आफ्नो धारणा राखे । यसै क्रममा प्रभु बैंकका सिइओ अशोक शेरचनले स्टार्टअपलाई प्रभावकारी र उच्च लेवलमा अगाडि लाने हो भने यसमा बैंक तथा वित्तीय संस्थाहरुलाई जोड्न आग्रह गरे । सिइओ शेरचनले कार्यक्रममा राखेका धारणा यस्तो छ :

‘विभिन्न ठाउँबाट विभिन्न किसिमका सोचहरु हाम्रो प्लेटफर्ममा आइपुग्छ, जसबाट हामी खुशी हुन्छौँ । यसै क्रममा एक पटक हामीलाई जुम्लाबाट पनि आईडिया आयो । यसको मतलब सोच भनेको त्यो ठाउँमा पनि हुँदो रहेछ । अब आवश्यकता भनेको अवसरको हो । सोचलाई कसरी लागू गर्ने भन्ने सन्दर्भमा हामीले धेरै ठाउँमा भिजिट पनि गरेका छौँ । धेरै कार्यक्रमहरु पनि गरेका छौँ । तर, हरेक कुरामा आवश्यकता पर्ने भनेको पुँजीको हो । यही कार्यक्रममा पनि यसपालीको बजेटको कुरा भयो । यसमा मेरो फरक धारणा छ । सरकार आफैँले पैसा बाँड्नु भन्दा बैंकहरुलाई जोडेर, बैंकहरुसँग हाम्रा आइडिएटरहरुलाई जोड्न सक्यौँ भने त्यसमा व्यवस्थित प्रक्रियाको सुरुवात हुन्छ । बैंकरहरुले पनि विभिन्न आइडिया दिन्छन् ।

नेपालमा बैंक तथा वित्तीय संस्थाको करिब ११ हजार शाखाहरु छन् । आइडिएटरहरु काठमाडौंमा मात्र सीमित हुन हुँदैन, नेपालभर नै हुनुपर्छ । हामीले सम्बोधन नै गर्ने हो भने ठूलो मात्रालाई समेट्ने गरी गर्नुपर्छ । जस्तो ११ हजार ब्रान्च ७७ वटै जिल्लामा छ भनेपछि एउटा बैंकले वर्षमा एक जना मात्र व्यवसायी जन्माइदियो भने वर्षमा ११ हजार जन्मिन्छन् । जस्तो २० वटा वाणिज्य बैंक छन्, हरेक बैंकले वर्षमा एक/एक हजार व्यवसायीहरु जन्माइदिउँ न त भन्न सकिन्छ । एक जनामा दश लाख मात्र लगानी गर्ने हो भनेपनि करिब बीस अर्ब जति लगानी गर्नुपर्ने हुन्छ । सुरुवाती चरणमा १० लाखले पुग्छ पनि । उहाँहरुको डेभलपमेन्ट हेरेर हरेक वर्ष बढाउँदै पनि लान सक्छौँ । तर, यो काम ७७ वटै जिल्लामा एकसाथ सुरु हुनु जरुरी छ । राज्यको तर्फबाट जुन सन्देश दिन खोजिरहेका छौँ, त्यसलाई अझै पनि केन्द्रिकृत गर्न सकिन्छ ।

नेपालमा बैंक तथा वित्तीय संस्थाको करिब ११ हजार शाखाहरु छन् । आइडिएटरहरु काठमाडौंमा मात्र सीमित हुन हुँदैन, नेपालभर नै हुनुपर्छ । हामीले सम्बोधन नै गर्ने हो भने ठूलो मात्रालाई समेट्ने गरी गर्नुपर्छ ।

नेपालको बैंकिङ सेक्टरको डिपोजिट र लोनको ८० प्रतिशत अझै पनि काठमाडौं केन्द्रित छ । २० प्रतिशत मात्र काठमाडौं बाहिर छ । यदि हामीले काठमाडौं बाहिरलाई सम्बोधन गर्ने हो भने आम मात्रामा बैंकलाई जोडेर यो कार्यक्रमलाई अगाडि बढाउन जरुरी छ । पुँजीको वितरण बैंकमार्फत गर्नु मात्र राम्रो हुन्छ जस्तो मलाई लाग्छ । बैंकहरुलाई राज्यले लाइसेन्स दिएको छ, विभिन्न किसिमका सुविधाहरु दिएको छ । ती सबै कारणले गर्दा पनि बैंकहरुलाई एक वर्षमा कम्तीमा एक हजार व्यवसायी जन्माइदेऊ भनेर पाँच वर्षसम्म अनिवार्य गरेर लागू गर्यो भने धेरै कुराहरु चेन्ज हुन्छ । त्यो गर्न र गराउन आत्मविश्वासका साथ बैंकहरुलाई भन्दिनु पर्ने हुन्छ । हामी मास लेवलमा जानै पर्छ ।

अस्ति भर्खर मात्रै पनि हामी म्याग्दीको म्याग्दी बहुमुखी क्याम्पस, बागलुङको धौलागिरी क्याम्पस र पोखरा गयौँ । हामीले त्यहाँको विद्यार्थीहरुबाट राम्रो राम्रो आइडिया पायौँ । यसलाई हामीले विस्तार गर्न खोज्दैछौँ । तर, प्रभु बैंक सबै कलेजमा जान सक्दैन । अन्य बैंकको रुची के छ ? रुची जगाउन सकिन्छ कि सकिँदैन ? नियम, कानूनका कुराहरु पनि होलान् तर आवश्यकता फेरि पनि इच्छा शक्तिको हो र सम्भव छ । हामीले जहिले बाहिर गयो, विदेशियाे भन्छौँ तर यहाँ रोक्नका लागि पनि त केही चाहियो नि ! हामी आज यहाँ आउनुभएको सबै आइडिएटरहरुसँग जोडिन सकेनौँ होला । तर, अन्य बैंकहरु यहाँहरुसँग जोडिन्छन् भन्ने मलाई लाग्छ । आज म सम्माननीय प्रधानमन्त्रीकै अगाडि यो आग्रह गर्दछु कि स्टार्टअपलाई प्रभावकारी र उच्च लेवलमा अगाडि लाने हो भने यसमा बैंक तथा वित्तीय संस्थाहरुलाई जोड्नोस् । र, पाँच वर्षमा हेर्नोस्, लाखौँ मानिसहरु प्रत्यक्ष रुपमा लाभान्वित हुन्छन् ।’

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend