
काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । सोमबार अपराह्न केहीबेर बसेको बैठकमा पनि विपक्षी दलले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेका थिए ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने अडान राख्दै विपक्षी दलहरूले बैठक अवरोध गर्दै आइरहेका छन् ।
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत विपक्षी दलका सांसदहरूको अवरोधपछि आधा घन्टाका लागि स्थगित भएको थियो । त्यसपछि बैठक बस्न सकेन ।
संघीय संसद सचिवालयले सूचना टाँसेर बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको हो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend