
काठमाडौं । गायिका रचना रिमालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।
सांगीतिक कार्यक्रमको सिलसिलामा रूकुम पश्चिम पुगेकी उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उनको उद्धार गरिएको थियो ।
सुर्खेतबाट सेनाको हेलिकप्टर मगाएर उनलाई नेपालगञ्जस्थित अस्पताल लगिएको थियो । त्यहाँबाट पनि उनलाई मंगलबार बिहान काठमाडौं ल्याएर ह्याम्स अस्पताल भर्ना गरिएको स्रोतले जनाएको छ ।
सोमबार रूकुम पुगेकी उनले मंगलबार रूकुम पश्चिम सानिभेरीको बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिने तयारी थियो। तर, मंगलबार बिहान अचानक पेट दुखेपछि उनलाई काठमाडौं ल्याइएको हो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend