बुधबार, असार ४ २०८२

बुधबार, असार ४ २०८२

नेदरल्याण्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, खेलमा तीन परिवर्तन

नेदरल्याण्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, खेलमा तीन परिवर्तन

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ क्रिकेटअन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ ।

नेदरल्याण्ड्सका कप्तान स्कट एड्वार्ड्सले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।

खेल डुनेडीमा केहीबेरमा सुरु हुनेछ ।

नेपालले यस खेलमा तीन परिवर्तन गरेको छ । दुई परिवर्तन वाध्यकारी हुन् ।

टिममा चोटका कारण बाँकी खेल गुमाएका सोमपाल कामी र गुल्शन झाको स्थानमा नन्दन यादव र बसिर अहमद आएका छन् ।

त्यस्तै, ओपनिङ ब्याटर आसिफ शेखको स्थानमा अनिल शाह आएका छन् । अनिल पनि ओपनर विकेट किपिङ ब्याटर हुन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend