बुधबार, असार ३२ २०८२

बुधबार, असार ३२ २०८२

विश्वकप लिग–२ को अन्तिम खेलमा नेपालको शानदार जित, नेदरल्यान्डस् १६ रनले पराजित

विश्वकप लिग–२ को अन्तिम खेलमा नेपालको शानदार जित, नेदरल्यान्डस् १६ रनले पराजित

काठमाडौं । आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध १६ रनको शानदार जीत निकालेको छ ।

नेपालले दिएको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ४९.२ ओभरमा अलआउट हुँदै २२० रन मात्र बनायो ।

नेदरल्यान्डसका वेस्ले बारेसीले सर्वाधिक ३६ रन बनाए भने कप्तान स्कट एडवार्ड्सले ३० र माइकल लेभिटले २७ रन बनाए । बलिङमा नेपालका सन्दीप लामिछानेले १० ओभरमा ३९ रन दिएर ३ विकेट लिए । नन्दन यादवले ९ ओभरमा ३९ रन दिएर ३ विकेट लिए । ललित राजवंशीले २ तथा करण केसी र कुशल भुर्तेलले १-१ विकेछ हात पारे ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २३६ रन बनाउँदै २३७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । आरिफ शेखले सर्वाधिक ८४ रन बनाए । त्यस्तै भीम सार्की र कप्तान रोहित पौडेलले समान ३५ रन बनाए । कुशल भुर्तेलले १८ तथा दिपेन्द्रसिंह ऐरीले १६ रन बनाए ।

जारी लिगको अन्तिम खेलमा जीत निकालेको नेपालले स्कटल्याण्डमै अब टी-२० सिरिज खेल्नेछ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend