
काठमाडौं । पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
प्रहरीका अनुसार पाठकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत (साइबर)को कसुरमा पक्राउ पुर्जी जारी भएको हो ।
नेपाल प्रहरीको साइबर ब्युरोले समाचार प्रकाशनको विषयलाई लिएर दिएको उजुरीको आधारमा अदालतबाट उनीविरुद्ध पक्राउ पुर्जी लिएको हो ।
पत्रकार पाठकले केही दिनअघि काठमाडौंको हिलटन होटल र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका पुत्र जयवीर देउवाको विषयमा आफ्नो युट्युब च्यानलमार्फत सामाग्री प्रसारण गरेका थिए ।
सो सामाग्रीमा चित्त नबुझेको भन्दै साइबर ब्युरोमा उजुरी परेको थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend