काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेल आज बेलायत प्रस्थान गरेका छन् ।
अन्तर्राष्ट्रिय नेपाली मञ्चको बेलायतको अधिवेशनमा सहभागी हुन उनी एमालेका पोलिटब्यूरो सदस्य सुजिता शाक्यसहित प्रस्थान गरेको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।
बेलायतमा रहँदा महासचिव पोखरेलले त्यहाँका नेपाली समुदायसँगै विभिन्न कूटनीतिज्ञसँग भेटवार्ता गर्ने कार्यक्रम रहेका एमाले केन्द्रीय सदस्य एवं यूरोप–अमेरिका इन्चार्ज घनश्याम पाण्डेले जानकारी दिए ।
महासचिव पोखरेल बेलायतपछि कतारमा आयोजना हुने एमाले पार्टीका प्रवास कमिटीका विभिन्न कार्यक्रममा सहभागी हुने जनाइएको छ । महासचिव पोखरेल आगामी असार ८ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend