बुधबार, असार ३२ २०८२

बुधबार, असार ३२ २०८२

प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दल रास्वपा र राप्रपाको विरोध

प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दल रास्वपा र राप्रपाको विरोध

काठमाडौँ । प्रतिनिधि सभाको शुक्रबारको बैठक सुरू भएको छ । बैठक सुरू हुनेबित्तिकै प्रतिपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका छन् ।

सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए । तर रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोध गरे ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसामा सेटिङ भएको भन्दै प्रतिपक्षी दलहरूले जेठ १३ गतेदेखि प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन् ।

आज सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच सदन अवरोध खुलाउने विषयमा दुई बुँदे सहमति भएको छ । तर, प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले असहमति जजाएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend