बुधबार, असार ३२ २०८२

बुधबार, असार ३२ २०८२

‘व्यक्ति हत्या गर्ने प्रकरणमा पुर्वसभामुख सापकोटालाई बचाउन माओवादी भिजिट भिसाको मुद्धामा पछाडि हट्यो’

‘व्यक्ति हत्या गर्ने प्रकरणमा पुर्वसभामुख सापकोटालाई बचाउन माओवादी भिजिट भिसाको मुद्धामा पछाडि हट्यो’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख अग्नि सापकोटालाई बचाउन सत्तारुढ दल र प्रमुख प्रतिपक्षी माओवादीबीच सहमति भएको बताएका छन् ।

संसद् अवरोध खुलाउन सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच दुई बुँदे सहमति भएपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले ज्यान मार्ने, व्यक्ति हत्या गर्ने प्रकरणमा पुर्वसभामुख सापकोटालाई पक्राउ गर्न बचाउन माओवादी भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजिनामा र छानबिन समिति बनाउने मुद्दाबाट पछाडि हटेको बताएका छन् ।

उनले संसद जनताको कानुन बनाउने थलो नभएर सेटिङ गर्ने थलो भएकोसमेत टिप्पणि गरेका छन् ।

शाहीले फेसबुकमा लेखेका छन्, ‘ल बधाई छ कमरेड प्रचण्ड उर्फ माओवादी साथिहरु भिजिट भिसा प्रकरणमा गृहमन्त्री ज्युको राजिनामा र छानबिन समिति बनाउने मुद्दाबाट पछाडि हटे वाफत ज्यान मार्ने, व्यक्ति हत्या गर्ने प्रकरणमा पुर्वसभामुख, अग्नि सापकोटालाई पक्राउ गर्न बचाएकोमा । बिडम्बनाका साथ भन्नुपर्छ संसद जनताको कानुन बनाउने थलो नभएर सेटिङ गर्ने थलो भयो ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend