
काठमाडौँ । वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत पर्सामा पनि मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध पर्सामा गत शुक्रबार सहकारी ठगी तथा संगठित अपराधको मुद्दा दर्ता भएको हो ।
त्यस्तै, सो प्रकरणमा उनीसहित अन्य २९ जनालाई प्रतिवादी बनाइएको छ ।
जिल्ला अदालत पर्साका अनुसार लामिछानेविरुद्ध ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
उक्त सहकारीले ५ हजार ८ सय ७३ जना बचतकर्ताको जम्मा २ अर्ब ३० करोड १४ लाख रुपैयाँभन्दा बढी रकम अपचलन गरेको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।
सो प्रकरणमा छविलाल जोशीसँग ७ करोड २० लाख ९८ हजार बिगो मागदाबी सहित मुद्दा दर्ता भएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend