
काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं सांसद धवल शमशेर जबरालाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको छ । थुनछेक बहसपिछ न्यायाधीश शिवप्रसाद खनालले सो आदेश गरेका हुन् ।
हाजिरी जमानीमा छुटेका उनी आज बयानका लागि उपस्थित भएका हुन् । उनको तर्फबाट आज डा भीमार्जुन आचार्य, शतिशकृष्ण खरेल, गोविन्द बन्दी, बिष्णु भट्टराई, राजु बस्नेत लगायतले बहस गरे ।
राणासँगै पक्राउ परेका राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र पनि हाजिरी जमानीमा छुटेका थिए । उनी भने अदालत उपस्थित भएका छैनन् ।
तीनकुने घटनामा अदालतले ३२ जनालाई धरौटीमा छाड्दै दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षको लागि थुनामा पठाएको थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend