
काठमाडौं । काठमाडौँ जिल्ला अदालतले रवीन्द्र मिश्रलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
गत चैत १५ गते भएको तीनकुने घटनाका आरोपी मिश्रलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश भएको हो । न्यायाधीश तारादेवी महर्जनको इजलासले उक्त आदेश दिएको हो ।
तीनकुनेमा भएको हिंसात्मक आन्दोलनपछि मिश्रलाई पक्राउ गरिएको थियो । उनी सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट हालेर छुटेका थिए । मिश्र आजै बयानका लागि अदालत गएका हुन् ।
यसअघि राप्रपाका महामन्त्री धवल शमशेर राणालाई पनि काठमाडौँ जिल्ला अदालतले तीन लाख धरौटीमा छाड्न आदेश गरेको थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend