
काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत आज भइरहेको खेलमा स्कटल्याण्डले नेपाललाई जितका लागि ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्ड १९ ओभर ४ बलमा ९७ रनमा रोकिएको हो ।
स्कटल्याण्डका माइकल लिस्कले सर्वाधिक ४७ रन बनाए ।
बलिङमा नेपालका स्पीनर सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै ११ रन खर्चेर ४ विकेट लिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend