
गण्डकी । गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आव २०८२–८३ को बजेटमाथि आजदेखि प्रदेशसभामा छलफल सुरु हुने भएको छ ।
विनियोजन विधेयक र बजेटमा मन्त्रालयगत छलफलका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने प्रदेशसभा सचिवालयका सूचना अधिकारी हरिबहादुर खपाङ्गी मगरले जानकारी दिए ।
बजेटमाथि यही असार १२ गतेसम्म प्रदेशसभामा छलफल भएपछि १३ गतेको बैठकमा निर्णयार्थ पेस हुने उनले बताए । प्रदेश सरकारका आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले गत आइतबार प्रदेशसभा बैठकमा आगामी आव २०८२–०८३ का लागि रु ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजारको बजेट प्रस्तुत गरेका थिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend